शुक्रबार, १० बैसाख २०७८

सलमान-ऐश्वर्याको त्यो अधूरो प्रेम…..



एजेन्सी । बलिउडमा प्रेम सम्बन्ध जोडिनु र तोडिनु कुनै नौलो कुरा होईन तर दर्शकरुले मनबाटै रुचाएका जोडीहरु छुट्टिदा केहि तरंग भने आउँछन् नै ।

त्यस्तै एउटा सम्बन्ध थियो बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या रायको । यी दुई फिल्म “हम दिल दे चुके सनम”को सेटबाट नजिकिएका थिए ।

यी दुईको सम्बन्धबारे थाहा पाएपछि बलिउडका दर्शकहरु पनि निकै खुसी थिए तर दर्शकहरुको खुसी छोटो समयमा नै टुट्न पूग्यो । थोरै समयको सम्बन्ध भएको भएपनि यो जोडी प्रायजसो चर्चामा आइरहन्छ । यी दुबैका प्रशंसकहरुले पनि यो जोडीलाई साँच्चै नै मन पराउँथे । सलमान सँगको सम्बन्ध टुट्नुको कारण सलमानको रिस भएको भन्दै अभिनेत्री ऐश्वर्याले भारतीय मिडियाहरुलाई बताएकी थिईन् ।

अहिले ऐश्वर्या अभिनेता अभिषेक बच्चनसँग विवाह बन्धनमा बाँधिएपनि अभिनेता भने अविवाहित नै छन् । विवाहको बारेमा समेत सोच्न पूगेको यो जोडि टुटेपछि कतिपयले सलमान अविवाहित रहनुमा उनले ऐश्वर्यालाई गरेको प्रेम रहेको पनि बताउँछन् ।

तर कुरा के हो कसैले पनि भन्न सक्दैन । उक्त सम्बन्ध टुट्नुमा सलमानले आफुलाई गरेको अभद्र व्यवहार पनि रहेको भन्दै ऐश्वर्याले बताइरहँदा सलमान भने यसबारे खासै बोल्न रुचाउँदैनन् ।

तर कतै न कतै सलमानको मनमा ऐश्वर्याको लागि अथाह प्रेम रहेको भन्ने कुराचाँही यी जोडीको विछोडपछि सलमानले गरेको व्यवहारले पनि बताउँछ ।

प्रतिक्रिया दिनुहोस