शुक्रबार, १० बैसाख २०७८

शाहरुखलाई किन थप्पड हान्न चाहान्थिन् जया बच्चन ?



एजेन्सी । शाहरुख खान बलिउडका ती हस्तीमध्ये एक हुन् जसले धेरै समयदेखि बलिउडमा राज गरिरहेका छन् । तर उनले गरेको एक व्यवहारको कारण अभिनेत्री जया बच्चनले उनीमाथि हात उठाउन चाहेको कुरा जिकिर गरेकी थिईन् ।

खासमा उनको छोरा अभिषेकको विवाह हुनुअघि ऐश्वर्याको सम्बन्ध बलिउड अभिनेता सलमान खानसँग थियो । उनीहरुको सम्बन्ध नराम्रो भइरहेको समय थियो ।

धेरै चर्चित फिल्ममा सँगै काम गरिसकेका शाहरुख र ऐश्वर्या एक फिल्मको छायाँकन गरिरहेका थिए ।  यस्तै क्रममा एकपटक सलमानले दुबैको फिल्म सुटिंग भइरहेको समयमा आएर रोक्ने प्रयास गरेका थिए । त्यस समय उनले शाहरुखलाई पनि नराम्रो व्यवहार गरेका थिए । त्यसैताका ऐश्वर्याको उक्त फिल्म पनि हातबाट गएको थियो ।

त्यसको केही समयपछि शाहरुख खानले ऐश्वर्याका बारेमा नकरात्मक टिप्पणी गरेका थिए । उक्त कुरालाई नै लिएर जयाले शाहरुखलाई थप्पड हान्ने कुरा गरेकी हुन् । उनले एक अन्तावार्तामा यदि शाहरुखसँग आफनो भेट भएको भए त्यसो गर्ने पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस