शनिबार, १० असोज २०७७

सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरिए ठुलो मानवीय क्षती भएको आंशका



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा आठ घर र भीरखर्कमा कम्तिमा १० घर पुरेको छ ।

त्यहा कम्तिमा २० देखि २५ जना  पहिरोमा पुरिएको हुन सक्ने सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पार्ले बताउनुभयो। ‘ठूलै मानवीय क्षति भएको हुन सक्ने खवर सुनेर घटनास्थलतर्फ जाँदै छु’, शेर्पाले जानकारी दिनुभयो ।
अहिलेसम्म एक महिलाको शब फेला परेको खबर आएको शेर्पाले बताउनुभयो ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस