मंगलबार, १८ फाल्गुण २०७७

हिमपातको सम्भावना



kf]/v] sfFwdf lxpFsf] b[Zo
;f]daf/ /fltb]lv nuftf/ ?kdf k/]sf] lxdkftsf sf/0f afh’/fsf] al8dflnsf gu/kflnsf / a’9LgGbf gu/kflnsf aLrdf kg]{ kf]/v] sfFwdf b]lvPsf] lxpsf] b[Zo .
t:jL/ M u+u/fh kl08t, afh’/f, /f;; ;’b”/klZrd k|b]z_
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

“उक्त प्रणालीको प्रभाव भोलि ९बुधबार० बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन ”, उहाँले भन्नुभयो । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस