शुक्रबार, १० बैसाख २०७८

केन्द्रीय सदस्य सोम मिश्रले पनि छोडे माधवको साथ



काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सामे मिश्रले आफ्नो क्याम बदल्नुभएको छ ।

माधव नेपाल समूहमा रहेर गतिविधि गर्दै आइरहनुभएक मिश्रले माधव समूहले समान्तर समूह बनाउन सुरु गरेपछि भने असन्तुष्टि राख्दै आइरहनुभएको थियो । पार्टीलाई विभाजनकै संघारमा लान माधव नेपाल सकृय भएसँगै मिश्रले क्याप बदल्नु भएको हो ।

त्यसो त केन्द्रदेखी स्थानीय तहसम्म नै समानान्तर गतिविधि सञ्चालन गरिरहेका माधवकुमार नेपाल समूहलाई विस्तारै नेता तथा कार्यकर्ताको खडेरी लाग्ने क्रम तिव्र बनिरिहेकै छ । प्रायः दैनिक जसो एक पछि अर्को शक्तिशाली नेताले आफ्नो साथ छोड्दै गएपछि उक्त समूहमा कार्यकर्ता रहने सम्भावना नरहेपनि नेता समेत नहुने प्रायः निश्चित जस्तै बनेको छ ।

ओली पक्षमा लाग्नुभएका मिश्रले एमालेलाई एक ढिक्का बनाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने वर्तमान समयको माग र आवश्यकता रहेको औंल्याउँदै गुट र फुटले विकास र समृद्धिको सपना पुरा हुन नसक्ने भन्दै गुटगत गतिविधि सञ्चालन गरिरहेका माधव समूह परित्याग गरेको बताउनुभयो । उहाँले अब पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा नेता तथा कार्यकर्ता खुलेर नै अगाडी बढ्ने बताउनुभयो ।

मिश्रले पार्टीका महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेतलगायत टोलीसँग छलफल गरी एमालेलाई एक ढिक्का बनाई अगाडी बढ्ने प्रतिबद्दता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस