खुल्यो सिन्धुपाल्चोकको तातोपानी नाका,रसुवागढी नाका नखुल्ने



काठमाडौं ।  सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको खनाल बताउँछन् ।

चीनमा कोरोना (कोभिड–१९)को संक्रमण बढेपछि १३ माघदेखि नाका बन्द थियो ।

चीनले तत्कालका लागि रसुवागढी नाकाभने नखोल्ने जानकारी दिएको छ । नेपालले अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस