कतार होइन, युएईबाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएका थिए तेस्रो संक्रमित युवक

२५ करोडको राहत कोष स्थापना



 

 

बुधबार कोरोनाभाइरस संक्रमणको पुष्टी भएका युवक गएको मार्च १९ अर्थात् चैत ६ गते बिहीबार नेपाल आएको खुल्न आएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको पुष्टी गरेका ती युवा युएईबाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ (५३७) बाट चैत्र ६ गते राति १०ः२० बजे नेपाल उत्रिएको स्वास्थ्य मन्त्रालय श्रोतले बताएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमा बुधबार संक्रमित व्यक्ति कतारबाट आएको बताएका थिए । मन्त्री ढकालले पत्रकार सम्मेलनका क्रममा गल्तीले कतार भन्नपुगेको र त्यसलाई सच्याउन लगा

मन्त्रालय स्रोतका अनुसार ३२ वर्षीय ती युवाले संयुक्त अरब इमिरेट्सको शारजाह विमानस्थालबाट स्थानीय समयअनुसार अपरान्ह ४ पौने ५ बजे उडान भरेका थिए । उक्त विमान नेपालमा ल्याण्ड गर्दा रातको १० बजेर २० मिनेट गएको थियो ।

धादिङ घर भएका ती युवा चैत ७ गते नै धादिङ पुगेको पनि स्रोतले बताएको छ । तर स्वास्थ्यमा समस्या आएपछि चैत १० गते उनी टेकु अस्पताल आइपुगेका थिए । ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पतालको आइशुलेन वार्डमा भर्ना गरिएका ती युवामा चैत ११ गते साँझ कोरोना पोजिटभ को रिपोर्ट आएको थियो ।

मंगलबार नै ती युवामा कोरोना पोजिटिभ देखिएको भए पनि बुधबार मात्रै मन्त्रालयले यसबारे आधिकारिक जानकारी दिएको हो ।

अहिले ती युवा टेकुस्थित शुक्रराज अस्पतालमा उपचाररत छन् भने उनको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

मार्च १९ गते शारजाहबाट काडमाडौँका लागि उडान भरेको ५३७ नम्बरको फ्लाइटमा कति जना यात्रु थिए भन्ने हालसम्म खुलेको छैन । यद्यपि सरकारले उक्त फ्लाइटमा रहेका सबै जनाको लगत निकाल्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम भइरहेको बताएको छ ।

अहिले सरकारले उक्त फ्लाइटमा आएका व्यक्तिहरुको पहिचान खोजिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस