भारतमा कोरोना संक्रमितको सख्या ७० हजार नाघ्यो



काठमाडौं । भारतमा कोरोना संक्रमितको सख्या ७० हजार नाघेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित थपिएपछि त्यहा कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । अहिलेसम्म २२ हजार ५४९ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस